इटहरी सवारी परीक्षण कार्यालयका प्रमुख र लेखापाललाई मन्त्री घिसिङद्वारा पदमुक्त

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक दुःख–हैरानी दिने उजुरी बढेपछि सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाएका छन्।

कार्यालयमा सेवाग्राहीसँग हुने अनियमितता र दुरुपयोगका घटनाबारे मन्त्रालयमा उजुरी पुगेपछि मन्त्री घिसिङले तत्काल कारबाही गर्ने निर्णय गरेका हुन्। सेवाग्राहीलाई दुःख दिने मात्र नभई प्रमुख र लेखापालले मिलेमतोमा राजस्वसमेत हिनामिना गरेको आशंका गरिएको स्रोतले जनाएको छ।

कार्यालयको आन्तरिक छानबिनका क्रममा अनियमितताको तथ्य प्रमाण जुटाइने र आवश्यकताअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्री घिसिङले जिम्मेवारीप्रति लापरबाही गर्ने, सेवाग्राहीलाई ठग्ने वा राज्यको राजस्वमा आँच पुर्‍याउने कसैलाई पनि बर्दाश्त नगर्ने चेतावनी दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *