काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी गरी सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बैंकका कर्मचारी र शुभेच्छुक गरी ४६३ जनाले रक्तदान गरेका छन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता र प्राविधिक टोलीलाई धन्यवाद व्यक्त गर्दै मानवजीवन रक्षामा सहयोग पुग्ने खालका कार्यक्रम आयोजना गर्न पाउनुमा खुसी व्यक्त गरे ।
उनले आगामी दिनमा पनि प्राइम कमर्सियल बैंक सामाजिक उत्तरदायुक्त कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्राइम कमर्सियल बैंकले आफ्नो वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।







