काठमाडौं । अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।
गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि सर्वोच्चमा आगजनी र तोडफोड भएको थियो । त्यसयता सर्वोच्चको सेवा पूर्ण रुपमा अवरुद्ध छ ।
यसैबीच बिहीबार बसेको पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही बमोजिम यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबार देखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण वैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।’







