सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी तालिम सम्पन्न

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) का साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी, तथा उप निर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नारायणी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका शाखा प्रमुख लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीको विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *