सीजीनेटको दशैं अफर: इन्टरनेटसँगै उपहार हातैहात

काठमाडौं । चाडपर्वको रौनक बढाउँदै इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले आफ्ना ग्राहकहरूका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत नयाँ इन्टरनेट जडान वा पुरानो प्याकेज नवीकरण गर्दा ग्राहकले निश्चित उपहार प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरूले आफ्नो छनोटअनुसार विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

योजनाअनुसार: २५० Mbps र ३५० Mbps प्याकेज लिने ग्राहकलाई मिक्सर ग्राइन्डर र १ महिनाको इन्टरनेट निःशुल्क,

१५० Mbps प्याकेज लिने ग्राहकलाई टोस्टर र १ महिनाको इन्टरनेट निःशुल्क,

सबै प्याकेजहरूमा अधिकतम ३ महिनासम्मको इन्टरनेट बोनस पनि प्रदान गरिनेछ।

सीजीनेटले यो अफर ग्राहकको चाडपर्वलाई झनै रमाइलो बनाउने लक्ष्यसहित ल्याएको बताएको छ । सस्तो मूल्यमा उच्च गतिको इन्टरनेटसँगै उपहार प्रदान गरेर ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।

कम्पनीले ग्राहकहरूलाई छिटो सेवा लिन आग्रह गर्दै योजना सीमित समयका लागि मात्र उपलब्ध हुने जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *