यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमको उद्घाटन, एफजेड र एमटीका नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं । यामाहा नेपालले गोरखामा आफ्नो नयाँ ‘थ्री-एस’ (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । गोरखा-६ मा ‘चन्दा सप्लायर्स’ नामक आधिकारिक शोरुमको उद्घाटनसँगै कम्पनीले एफजेड र एमटी सिरिजका नयाँ भेरियन्टसमेत सार्वजनिक गरेको छ ।

शोरुमको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उप-प्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरे ।

कार्यक्रममा एमएडब्ल्यू राइड्सका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति थियो ।

एमएडब्ल्यू राइड्सका सीईओ अग्रवालले गोरखामा नयाँ शोरुम सञ्चालनमा ल्याउँदा उत्साहित भएको बताउँदै यसले ग्राहकलाई उच्चस्तरीय उत्पादन र सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले नयाँ एफजेड र एमटी भेरियन्टले राइडरहरूलाई स्टाइल र प्रदर्शनमा थप विकल्प दिने बताए ।

त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले बिक्रीका साथै बिक्रीपछिको उत्कृष्ट सेवामार्फत ग्राहकको विश्वास जित्ने प्रतिबद्धता जनाए । यो नयाँ शोरुमले गोरखा र आसपासका ग्राहकलाई यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिसिङ र जेन्युइन स्पेयर पार्ट्स सहजै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *