भिभो भि६० नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडाैं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भि सिरिज अन्तर्गतको फ्ल्यागसिप भिभो भि–६० स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । फोनमा ६.७७ इञ्चको इक्वेल क्वाड–कर्भ डिस्प्ले राखिएको छ । यसमा डायमण्ड शिल्ड ग्लास प्रयोग गरिएको छ ।

भिभो भि–६० मा जाइस् प्रविधियुक्त क्यामरा तथा आर्कषक डिजाइन छ । फोनमा ५० मेगापिक्सलको जाइस् सुपर टेलिफोटो क्यामरा छ, जसले टाढाबाट पनि स्पष्ट पोट्रेट खिच्न सघाउँछ ।

त्यस्तै, ८ मेगापिक्सलको जाइस् अल्ट्रा वाइड एंगल क्यामरा र ५० मेगापिक्सलको जाइस् ग्रुप सेल्फी क्यामरा छ । यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडिओ र सुधारिएको एआई औरा लाइट सिस्टमले प्रभावकारी बनाएको छ, जसले कम प्रकासमा समेत गुणस्तरीय फोटो तथा भिडिओ लिन सकिन्छ ।

फोनमा एआई फिचर समेत समावेश गरिएको छ । यो फोन मिस्ट ग्रे र बेरी पर्पल गरी दुई रङमा उपलब्ध छ । फोनमा ६ हजार पाँच सय एमएएचको ब्याट्री जडान गरिएको छ । ग्राहकले फोन भदौ १३ गतेदेखि १६ गतेसम्म प्रि–बुकिङ गर्न सक्नेछन् । प्रि–बुकिङ गर्ने ग्राहकले भिभो इयरबड् पाउनेछन् ।

भदौ १७ गतेदेखि भिभोको आधिकारिक स्टोरहरूका साथै दराज अनलाइनबाट किन्न सकिन्छ । फोन १२जिबी/२५६ जिबी र १२जिबी/५१२ जिबी गरी दुई क्षमतामा पाइन्छ । जसको मूल्य क्रमशः ७० हजार ९ सय ९९ र ७५ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

कम्पनीले उपभोक्तालाई सरल इएमआई सुविधा पनि दिएको छ । जसअन्तर्गत ४० प्रतिशत डाउनपेमेन्टमा एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने छ । यस बाहेक ग्राहकले आफूसँगै भएको नयाँ तथा पुराना फोनसँग पनि भि–६० साट्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *