दसैँ र तिहारलक्षित ‘बजाज प्रिमियर लिग’ क्याम्पेन सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग सार्वजनिक गरेको छ ।

सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बिपिएल) सुरु गरेको हो ।

यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

बजाज प्रिमियर लिग क्याम्पेनका मुख्य आकर्षणहरू निकै रोमाञ्चक र पुरस्कारले भरिपूर्ण छन्। यस क्याम्पेनअन्तर्गत ‘जति धेरै रन, त्यति धेरै पुरस्कार’ भन्ने अवधारणामा आधारित भएर ग्राहकहरूले खेलमा प्रदर्शन अनुसार विभिन्न पुरस्कार जित्न सक्नेछन् ।

सातै प्रदेशबाट हरेक हप्तामा रु ५०,००० नगद उपहार प्रदान गरिनेछ, जसले क्षेत्रीय स्तरमा सहभागिता बढाउनेछ। त्यस्तै, हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने ग्राहकलाई “प्लेयर अफ द विक” घोषणा गरिनेछ, जसलाई विशेष रूपमा रु १ लाख नगद पुरस्कार दिइनेछ ।

यसबाहेक, सहभागीहरूले चर्चित नेपाली क्रिकेटरहरूसँग प्रत्यक्ष भेट्ने दुर्लभ र विशेष अवसर पनि प्राप्त गर्नेछन्, जसले क्याम्पेनलाई अझ आकर्षक बनाएको छ । बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् ।

यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।”

त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *