वीरगञ्जमा हैजाको प्रकोप: दुई मन्त्री स्थलगत अनुगमनमा

काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादव सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगञ्ज प्रस्थान गरेका छन् ।

गत शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलबाट सुरु भएको हैजा अहिले समुदायस्तरमै फैलिँदै गएपछि सङ्घीय सरकारले विशेष चासो देखाएको हो ।

सङ्क्रमण नियन्त्रणमा आउनुको सट्टा नयाँ बिरामी थपिने क्रम जारी रहेपछि आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको आकस्मिक बैठकले दुवै मन्त्रीलाई प्रत्यक्ष अनुगमनमा पठाउने निर्णय गरेको थियो ।

मन्त्रीद्वयले वीरगञ्ज पुगेर नारायणी अस्पतालमा आयोजना हुने बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *