एक वर्षमा नेपालीले विदेश लगे २ खर्ब २३ अर्ब रुपैयाँ

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाली नागरिकहरू विदेश जाँदा २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ देशबाट बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार सेवा खाता अन्तर्गतको भ्रमण व्यय अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले वृद्धि भएको हो।

राष्ट्र बैंकका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालीहरू विदेश जाँदा एक खर्ब ८८ अर्ब ४३ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ मा विदेश पढ्न जाने विद्यार्थीले मात्र देशबाट एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ लगेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै बाहिरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *