जसपाका दुई मन्त्री फिर्ता, महतो र झा सरकारमा जाने

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टी उपाध्यक्ष परशुराम बस्नेतकाअनुसार, प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको हो ।

उनीहरू भदौ ११ गतेभित्र राजीनामा दिनेछन् भने त्यसपछि नयाँ मन्त्रीहरूले पदभार सम्हाल्ने जनाइएको छ ।

नयाँ मन्त्रीका रूपमा सिफारिस भएकी रञ्जु झा (ठाकुर)लाई सरकारमा जाने बेलामा विना विभागीय मन्त्रीको प्रस्ताव गरिएको थियो तर उनले उक्त प्रस्ताव अस्वीकार गर्दै एक वर्ष पर्खिने बताएकी थिइन् ।

त्यस्तै, डा. वीरेन्द्र महतो यसअघि जसपा नेपाल सरकारमा हुँदा वनमन्त्री भइसकेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *