माछापुच्छ्रे क्यापिटलको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलको साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्त नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पारित भएका छन् ।

संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन् । साथै, सञ्चालक समितिले चुक्ता पुँजीको पाँच प्रतिशत अर्थात् एक करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *