काठमाडौं । काठमाडाैंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा सीजी मोटर्सले प्रस्तुत गरेका विद्युतीय सवारी साधनहरू (ईभी) दर्शकको मुख्य आकर्षण बनेका छन् ।
कम्पनीले आफ्ना ब्रान्डहरू आयोन, रिडारा र एक्सपेङ मार्फत विभिन्न सेग्मेन्टका गाडी प्रदर्शन गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ ।
आयोन भी लक्जरी इभीमा ६५० किमी रेन्ज, मसाज सिट, रेफ्रिजिरेटरसहित ६९.९९ लाख मूल्यमा उपलब्ध छ । किफायती मोडेल आयोन वाई ५८.५० लाखमा बिक्रीमा छ ।
रिडारा आरडी ६ पिकअप अफरोड क्षमतासहितको पहिलो नेपाली ईभी प्लेटफर्ममा आधारित मोडेल हो, जसमा शक्तिशाली डुअल मोटर जडान गरिएको छ ।
सीजी मोटर्सको प्याभिलियनमा रहेको ‘एक्सपेङ एक्स ९’ ले धेरैको ध्यान खिचेको छ । जसको मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ । यो मूल्यले यसलाई नाडा अटो शोको सबैभन्दा महँगो र विलासी गाडीका रूपमा स्थापित गरेको छ ।
अफरहरूमा नगद छुट, चार्जर, कफी मेकर, बीमा, रोड ट्याक्स र लक्की ड्र उपहार समावेश छन् । टाटा मोटर्सको नयाँ मोडेलहरू जस्तै कर्भ ईभी र सफारीले पनि शोमा राम्रो प्रतिक्रिया पाएको छ ।






