ग्लोकल टीन हिरो नेपालको ११औं संस्करणका शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

काठमाडौं । ग्लोकल प्रा.लि.ले प्रस्तुत गरेको गोल्छा ग्रुप ग्लोकल टिन हिरो नेपाल २०२५ को ११औं संस्करणका शीर्ष ६ फाइनलिस्टको नाम सार्वजनिक गरेको छ। यस वर्ष विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेका ७८४ किशोरकिशोरीबाट आवेदन प्राप्त भएका थिए ।

तीमध्येबाट छनोट हुँदै कृष्ण यादव (धनुषा), मानुषी न्यौपाने (स्याङ्जा), निश्चल ढुंगाना (कपिलवस्तु), अक्सफोर्ड आचार्य (जुम्ला), रेणुका सिंह (सर्लाही) र सफल पौडेल (रुपन्देही) अन्तिम चरणमा पुगेका छन् ।

निर्णायक मण्डलले उनीहरूको योगदान, प्रभाव र कामको निरन्तरताका आधारमा छनोट गरेको हो । अब फाइनलिस्टहरूले वर्कसप, अन्तरक्रिया र अन्तर्वार्तामा भाग लिनेछन् । साथै, अगस्ट २१ देखि ३१ सम्म एसएमएसमार्फत भोटिङ खुला गरिएको छ ।

विजेताको घोषणा भदौ १५ गते (सेप्टेम्बर १, २०२५) ललितपुरको द प्लाजामा भव्य समारोहकाबीच गरिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *