बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको भदौ ५ गते आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले आयोजना प्रभावितका लागि गत असार २९ गतेदेखि साउन २६ गतेसम्म ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएकामध्ये अति प्रभावित क्षेत्रका १९६ जना आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी कुल ८ लाख ३० हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ। बाँडफाँडको विवरण हिमालयन क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ भने बाँडफाँडमा नपरेका आवेदकको रकम सम्बन्धित बैंक खातामा फिर्ता गरिने व्यवस्था गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *