काठमाडौं । नाडा अटो शाे २०२५ को अवसरमा एमएडब्ल्यू वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिङ’ ईभी दिपल एस०७ आईसीएका निम्ति ‘एमएडब्ल्यू–ग्यारेन्टिड बाइब्याक’ योजना घोषणा गरेको छ ।
योजनाअनुसार दिपल एस०७ खरिद गरेका ग्राहकले दोस्रोदेखि पाँचौँ वर्षसम्म एमएडब्ल्यूमार्फत ग्यारेन्टिड पुनः बिक्री मूल्य पाउनेछन् । यससँगै ग्राहकले पाँच वर्षसम्म बीमा, मेन्टेनेन्स, चार्जिङ र रोडट्याक्स निःशुल्क पाउने ‘जिरो ओनरसिप कस्ट’ योजना पनि उपलब्ध हुनेछ ।
सीईओ रूपेश शर्मा भट्टकाअनुसार यस योजनाले ग्राहकको आत्मविश्वास बढाउनेछ । प्रबन्ध निर्देशक विवेक सिकारियाले दिपल एस०७ आईसीएलाई लक्जरी ईभी सेग्मेन्टको अग्रणी बनाउने दाबी गरे ।
Artha Sanjal






