१० लाखभन्दा माथिका आयोजनाको प्रगति विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा रहेका १० लाख रुपैयाँभन्दा बढी लागतका सबै आयोजनाहरूको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले परिपत्र जारी गर्दै मातहतका सबै विभाग, एकाइ, सचिवालय, आयोजना, कार्यक्रम र वडा कार्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

अनुगमन तथा मूल्याङ्कन एकाइकी प्रमुख सुमित्रा लामिछाने सुवेदीद्वारा जारी परिपत्रमा भनिएको छ, ‘स्वीकृत बजेटअनुसार १० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएका आयोजना वा कार्यक्रमको खरिद सम्झौता गरी जारी हुने कार्यादेशको बोधार्थ र त्रैमासिक रूपमा तयार हुने प्रगति विवरण यस एकाइमा पठाउनुहुन अनुरोध छ ।’

यो निर्णय महानगरको ‘अनुगमन तथा मूल्याङ्कन समिति’को गत साउन २९ गते बसेको बैठकको निर्णयानुसार कार्यान्वयनमा ल्याइएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *