सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब साढे १३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यो सेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई सेयर बिक्री खुला गरिएकोमा खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले भदौ १९ गतेसम्म सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *