नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडाैं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसले रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी गरेको छन् । यो सम्झौतापछि अब अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकामा रहेका नेपालीले सहज रूपमा नेपाल रकम पठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो नयाँ सेवाले नेपालमा पैसा प्राप्त गर्नेहरूका लागि विभिन्न सुविधाजनक विकल्पहरू प्रदान गरेको छ । नगद भुक्तानी, सिधा बैंक खातामा जम्मा वा मोबाइल वालेटमा रकम प्राप्त गर्न सहज भएको छ । यो साझेदारीले पैसा पठाउने र प्राप्त गर्ने दुवैका लागि रेमिट्यान्स प्रक्रिया सकेसम्म सहज र कुशल होस् भन्ने कुरा सुनिश्चित गर्दछ ।

नियो मनि ट्रान्सफरका सिईओ सागर खनालले भने, ‘नेपालीहरूलाई भरपर्दो वित्तीय सेवाहरू प्रदान गर्ने हाम्रो मिशनमा यो एउटा ठूलो कदम हो।’ नियो मनी ट्रान्सफरको उन्नत डिजिटल प्लेटफर्मलाई जुबा एक्सप्रेसको विस्तृत विश्वव्यापी सञ्जालसँग मिलाएर, यो सहकार्यले पैसा पठाउने प्रक्रियालाई पहिलेभन्दा धेरै सरल बनाउनेछ । यो सहकार्यले रेमिट्यान्स प्रक्रियालाई सहज बनाउनुका साथै नेपालभित्र वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *