काठमाडौं। अष्ट्रेलियाको अदालतले कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड वर्करहरूलाई अवैध रूपमा बर्खास्त गरेको मुद्दामा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड अमेरिकी डलर जरिवाना लगाएको छ।
अष्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले यो निर्णयलाई स्वागत गरेको छ । फेयर वर्क एक्ट अन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको उल्लेख गरेको छ। संघीय अदालतका न्यायाधीश माइकल लीले यसलाई अन्य कम्पनीहरूको लागि उदाहरण रहेको बताए।
क्वान्टास एयरलाइन्सले अदालतको निर्णयलाई स्वीकार्दै जरिवाना तिर्ने प्रतिक्रिया दिएको छ। कम्पनीकी सीईओ भानेसा हडसनले “हामी १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारी र उनका परिवारसँग माफी माग्छौं” भनी दुःख व्यक्त गरेकी छिन्।
Artha Sanjal






