रिंग व्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडाैं । नेपाल टेलिकमले मोबाइल र ल्याण्ड लाइनमा अनावश्यक रूपमा बजाउँदै आएको रिंग व्याक टोन बन्द गर्न माग गर्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सञ्चार मन्त्रालय, नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको रिट साउन १९ गते दर्ता भएको हो ।

रिटको सुनुवाइ भदौ ३ गते तोकिएको छ ।

यसअघि रजिष्ट्रारले दरपीठ गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो।

रिटमा राष्ट्रिय विपद् वा महामारी बाहेक अरू बेलामा रिंग व्याक टोन तत्काल बन्द गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *