नेपाल लाइफको नाफा १८.८४ प्रतिशतले बढ्यो

काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८४ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्ष ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १५.४३ प्रतिशत बढेको छ।

बीमाशुल्क र आम्दानीसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १७.३७ प्रतिशत बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ११५.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *