अपी पावरले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण सेयर खरिद गर्ने

काठमाडौं । अपी पावर कम्पनीले अर्को कम्पनी दिव्य ज्योति हाइड्रोपावरलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ ।

मंगलबार साँझ बसेको अपी पावरको सञ्चालक समितिले दिव्य ज्योति हाइड्रोपावर खरिद गर्ने निर्णय गरेको हो । दिव्य ज्योति हाइड्रोपावरले हाल प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्नु उपयुक्त हुने देखिएकाले कम्पनी खरिद भएको अपीले जनाएको छ ।

खरिदपछि दिव्य ज्योतिका सेयरधनीको सम्पूर्ण सेयर अपीको नाममा हुनेछ । साथै कम्पनीको सबै व्यवस्थापन अपी पावरको स्वामित्वमा रहेर हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *