काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा आफू बहाल रहनुपर्ने माग गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चको यो निर्णयसँगै मुकुल रास्वपा फर्किने वैधानिक ढोका बन्द भएको छ ।
न्यायाधीशद्वय नहकुल सुबेदी र सुनीलकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने निर्णय लिएको हो । आफूलाई पदबाट बर्खास्त गर्ने रास्वपाको निर्णय अवैध भएको भन्दै ढकालले सर्वोच्च गुहारेका थिए ।







