‘नेप्से एआई’ एप डाउनलोड गर्दा बैंक खाताबाट लाखौं पैसा गायब

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ नामक एपमार्फत ठगी गर्ने घटनाबारे सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।

पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने प्रवृत्ति बढेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

हालैको एक घटनामा, एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्यूरोले जनाएको छ ।

ब्युरोले यस्तो स्क्यामबाट बच्न निम्न सावधानी अपनाउन सुझाएको छ-
१. टू-फ्याक्टर अथेन्टिकेशन कोड प्रयोग गर्न (सम्भव भएमा SMS मार्फत)
१. पासवर्ड समय- समयमा परिवर्तन गर्ने
३. Nepse AI लगायत र विज्ञापन लिंक र अपरिचित एप इन्स्टल नगर्ने
४. आफ्नो डिभाइसमा अनधिकृत ‘AnyDesk’, ‘TeamViewer’ वा रिमोट एक्सेस कसैलाई नदिने
५. आधिकारिक स्रोतहरू ‘Google Play Store’ वा ‘Apple App Store’ बाट मात्र डाउनलोड गर्न ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *