छोराको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । कञ्चनपुर पुनर्वास नगरपालिका–८ का पुष्पराज ओझाले आफ्नो छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन्।

आलंकार पब्लिक स्कूलका प्रधानाध्यापक समेत रहेका ओझाले स्कूलका विद्यार्थीहरूको म्यादी बीमा समेत गरिदिएका छन्।

ओझाले आफ्नो छोरोको पास्नीमा अनावश्यक र देखावटी खर्च गर्नुको सट्टा रिलायबल नेपाल लाइफको शाखा कार्यालय आईबीआरडीबाट १० लाख बीमांकको बाल सर्वसुलभ जीवन बीमा पोलिसी उपहारमा दिएको बताएका छन्।

छोरोको भविष्य सुरक्षित हुनुका साथै छोरो र आफ्नो पनि जोखिम बहन हुने भएकाले उपहारको रूपमा बीमा पोलिसी रोजेको उनको भनाई छ।

आईबीआरडी शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी मेनेजर दल बहादुर धामीले छोरोलाई पास्नीको शुभकामना दिंदै संयुक्त रूपमा बुबा ओझालाई बीमालेख हस्तान्तरण गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *