टाटा ईभी अटोकार्निभल साउन २३ देखि २५ गतेसम्म, माल्दिभ्स यात्रा जित्ने अवसर

काठमाडौं। टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘टाटा ईभी अटोकार्निभल’ आयोजना गर्ने भएको छ। साउन २३ गतेदेखि २५ गतेसम्म थापाथलीस्थित टाटा सोरुममा हुने तीनदिने यो विशेष मेलाले विद्युतीय सवारीप्रेमीहरूलाई आकर्षक अफर र रोचक अनुभवको अवसर दिन लागेको हो।

मेलामा टाटाका चर्चित तीन ईभी मोडेलहरू टियागो.ईभी, नेक्सन के ३ ईभी र पञ्च.ईभी  प्रदर्शनीमा रहनेछन्। ग्राहकहरूले ती मोडेलको टेस्ट ड्राइभ गर्न सक्नेछन् भने बुकिङ गरेपछि तुरुन्तै उपहार जित्ने अवसर पनि प्राप्त हुनेछ।

मेलामा गाडी बुकिङ गर्ने ग्राहकलाई निःशुल्क चार्जिङ, होम चार्जिङ सहित इन्स्टलेसन सुविधा, निःशुल्क अक्सेसोरिज र एम्बोस्ड नम्बर प्लेट साथै एभीटी र कम्प्रिहेन्सिभ अटोप्लस इन्स्योरेन्स सुविधा प्रदान गरिनेछ ।

यसैगरी, बुकिङ गर्ने हरेक ग्राहकलाई आकर्षक उपहार प्रदान गरिनेछ भने एक जना भाग्यमानी विजेताले माल्दिभ्सको जोडी ट्रिप जित्ने मौका पनि पाउनेछन्। आफ्नो पहिलो ईभी किन्न चाहने वा नयाँ मोडेलबारे प्रत्यक्ष अनुभव लिन चाहनेहरूका लागि यो अटोकार्निभल सुनौलो अवसर बन्ने कम्पनीले विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *