जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

पर्सा। एक महिलालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-२ सिसियारी घर भई हाल वीरगन्ज महानगरपालिका-१३ राधेमाईमा नेक मोटरसाइकल वर्कसप संचालन गरी बसेका ४० वर्षीय नेक महम्मद र सोही वर्कसपमा काम गर्ने रौतहटका २१ वर्षीय अफताब अन्सारी छन्।

उनीहरुमाथि वीरगन्ज बसपार्क क्षेत्रकी एक महिलालाई गोठबाट घर फर्कने क्रममा लजसम्म पुर्‍याएर जबरजस्ती करणी गरेको आरोप छ ।

अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीअन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद लिइ उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी कार्यलय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *