ढकारी । अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदको स्वरमा एक मार्मिक गीत सार्वजनिक गरिएको छ। नवीन चिरागको शब्द रचनामा तयार भएको यस गीतमा संगीत संयोजन वसन्त भट्टले गरेका छन्। समय सान्दर्भिक विषयवस्तु समेटिएको यस गीतले ग्रामीण जीवनशैली, संघर्ष र संवेदना झल्काउँछ। गाउँघरमा भोगिएका यथार्थतालाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले स्रोता–दर्शकको मन छुने विश्वास गरिएको छ।
अध्यक्ष साउदको गायनमा आएको यो गीतले सिर्जनात्मकताको उदाहरण मात्र होइन, जनप्रतिनिधिले समाजप्रति राख्ने भावना र जिम्मेवारीलाई पनि दर्शाएको छ। उनले सबैलाई गीत हेर्न, सुन्न र समर्थन गर्न आग्रह गरेका छन्। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्।
Artha Sanjal






