भक्तपुरमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गरेका छन्। बिहीबार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब छिट्टै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेका हुन्।

दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताए। दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि जानकारी दिए। अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी नहुने पनि प्रतिबद्धता जनाए। खेलकुद क्षेत्रका पूर्वाधार सरकारले निर्माण गरिरहेको र महिला फुटबलरहरुका लागि अभ्यास गर्ने ठाउँहरुको निर्माण पनि गरिरहेको उनले बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *