काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी दिइएको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल)ले राईविरुद्ध आइतबार (साउन ११) अख्तियारमै उजुरी दिएका हुन् ।
अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

Artha Sanjal






