नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीविरुद्व जाँचबुझ समितिले काम थालेको छ । आइतबार नै निलम्बित गभर्नर अधिकारीले सर्वोच्च अदालतमा छानबिन समितिसहित सरकारविरुद्व रिट दायर गर्नुभएको छ ।
सरकारले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्न गत चैत २४ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ को उपदफा १ बमोजिम पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो । समितिले उहाँलाई बर्खास्त गर्ने नगर्नेबारे १ महिनामा निर्णय दिनेछ ।