काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आव २०८१/२०८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’
Artha Sanjal







