वैदेशिक रोजगारका समस्या समाधान गर्न व्यवसायीको माग

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम क्षेत्रका समस्याहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष धनलाल जैसी नेतृत्वको टोलीले मन्त्रालयमा मंगलबार बुझाएको ज्ञापनपत्रमा वार्षिक न्यूनतम १०० जना कामदार पठाउनुपर्ने प्रावधान हटाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मञ्चले धन्यवाद दिएको हो ।

वैदेशिक रोजगार ऐनमा दुई वर्षसम्म लगातार वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीका नपठाउने मेनपावर व्यवसायीको इजाजत नवीकरण नगरिने व्यवस्था रहेको थियो ।

हालै केही नेपाल ऐन संशोधन मार्फत उक्त प्रावधान हटाइएको थियो । मञ्चले त्यसतर्फ धन्यवाद दिएको हो ।

मञ्चले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन मन्त्री भण्डारीले महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरिएको छ ।

उक्त अव्यवहारिक र विभेदकारी अभ्यासलाई हटाएर व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना हुने विश्वास व्यवसायीले व्यक्त गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *