सामाजिक सुरक्षा कोषमा २३ लाख ७४ हजार श्रमिक आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक संख्या झन्डै २४ लाख पुगेको छ । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गरेको हो ।

२०८१/८२ मा ८ लाख ८२ हजार ९ सय ४६ श्रमिक थप भई कुल श्रमिक २३ लाख ७४ हजार ४ सय ८६ पुगेको हो । यसमध्ये औपचारिक क्षेत्रका ६ लाख १ हजार ८ सय २५ पुगेका छन् ।

वैदेशिक रोजगारतर्फ १७ लाख ७१ हजार ५ सय ३७ पुगेको छ । स्वरोजगारतर्फका श्रमिक संख्या १ हजार १ सय २४ छ । २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण २० हजार ९ सय ५१ पुगेको छ ।

गत आव २५ अर्ब ३६ करोड योगदान रकम संकलन भएको छ । कुल योगदान रकम संकलन ८३ अर्ब २५ करोड पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *