प्रि ओपन सेसनमा ३.३३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ। सो सेसनमा ३.३३ अंक बढेर २८७४.२९ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको १३३ पटकको कारोबारमा १ करोड १६ लाख ६५ हजार ६४४ रुपैयाँ ८० पैसाबराबरको १४ हजार ५०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *