काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कुल १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।
यो शेयर हाललाई बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र (भदौ ८ गतेभित्र) बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा खरिद आवेदन दिनुपर्नेछ ।
साथै, सो समयसम्म खदिर आवेदन नपरेमा उक्त शेयरलाई बैंकले संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्तिमा बिक्री गर्ने जनाएको छ ।
Artha Sanjal






