काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ ।बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ । उनीविरुद्ध २०८१ चैत २५ मा अदालतबाट पुर्जी जारी भएको थियो ।
२३ वर्षीया युवतीले उनिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।
प्रहरीले जिल्ला अदालत काठमाडौँबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालेको भए पनि उजुरी परेसँगै अहिराज सम्पर्कविहीन भएका थिए।
यसअघि अहिराजले पीडित युवती विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । तर, पीडित युवती हाजिर जमानीमा रिहा भएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन सरकारले अहिराजलाई मधेश प्रदेशको प्रदेश प्रमुख बनाएको थियो।






