प्रभु महालक्ष्मी लाइफद्वारा वेटर नेपाललाई ५ लाख सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पिंगलास्थान काठमाडौँमा रहेको वेटर नेपाल संस्थालाई विद्यालय सञ्चालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

वेटर नेपालले सञ्चालन गरेको बाल सारथिले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै आएको छ ।

बुधवार बाल सारथिको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले बालसारथी संस्था सञ्चालन गर्ने वेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसै गरी वेटर नेपालकी अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरूको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोग संस्थाहरू र मनकारी व्यक्तिहरूको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले धन्यवाद व्यक्त गरिन ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समिति सदस्य सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोन बहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवं वेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *