मशरेक बैंककी नेपाल प्रतिनिधि प्रमुख अधिकारीलाई आर्थिक विकास सेवा सम्मान

मशरेक बैंक दुबईको नेपाल प्रतिनिधि प्रमुख हेमा कुमारी अधिकारीलाई आर्थिक विकास सेवा सम्मान प्रदान गरिएको छ ।  लामो समयदेखि अनवरत रुपमा सामाजिक सेवा र आर्थिक विकाशको क्षेत्रमा नेपाली नागरिक समाजमा सर्मपित रहँदै वित्तीय व्यवस्थापन र विभिन्न सामाजिक संघ संस्थाहरुमा अतुलनिय योगदान गरेकोमा अधिकारीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

चन्द्रलोक प्रतिस्ठानले उनको भुमिकाको उच्च कदर गर्दै आर्थिक बिकास सेवा सम्मानित गरेको हो । नयाँ वर्षका अवसरमा प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा पूर्व मन्त्रिपरिषदको अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता तथा नेपाल सरकारको पूर्व सचिव, बरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री शंकर प्रसाद कोईरालाको विशिष्ट आथित्यतामा उनलाई उक्त सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

उक्त अवसरमा आर्थिक र समाजसेवीका रुपमा नेपाली नागरिकको सेवामा उनले खेलेको भुमिका सबैका लागी प्रेरणादायी र प्रंशसनिय रहदै आएको र आगामी दिनमा अझै क्रियाशिल, सशक्त र रचनात्मक भुमिका खेल्न उनलाई प्रतिष्ठानको अध्यक्ष तथा कार्यक्रमका वक्ताहरुले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सम्मानित अधिकारीले आफु सदैब नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणको कार्यमा कटिबद्ध रहने र राष्ट्र निर्माणको लागी सदैब सक्रिय रहने प्रण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *