प्रभु बैंकद्वारा उपत्यका प्रहरीलाई १०० थान लाइफ ज्याकेट हस्तान्तरण

काठमाडौं । प्रभु बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबानबाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि लाईफ ज्याकेट अपरिहार्य रहेको छ । । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै प्रभु बैंकको तर्फबाट उक्त लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।

लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुँदा विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरी सकिएको छ । उपत्यकास्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताए ।

साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने प्रभु बैंकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यबाद व्यक्त गर्दै उक्त लाईफ ज्याकेटको सुरक्षित भण्डारण तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै, कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्याकारी अधिकृत अशोक शेरचनले विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबरा, प्रभु बैंकका चिफ म्यानेजर रविन्द्र ढकाल, प्रभु बैंकका प्रशासन विभाग प्रमुख क्षितिज शेरचन लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *