काठमाडौं । सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेको छ । मंगलबारदेखि बजारमा उपलब्ध हुने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रिमियम फिचर जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटरको मूल्य ७ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभर प्रयोग गरी डिप इप्रेसिभ साउन्ड प्रदान गर्नेछ । यसमा तीनवटा माइक प्रणाली जडान गरिएको छ, जसले गर्दा फोन कल गर्दा होस् वा गीत सुन्दा अथवा कुनै व्यावसायिक मिटिङमा बस्नुपर्दा यो इयरबड्स उपयुक्त हुने कम्पनीको दाबी छ ।
कालो र सेतो रङमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताबाट बिक्री हुनेछ ।
इयरबड्समा एनसीबिना ३५ र एनसीसहित २० घण्टासम्म चार्ज टिक्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो इयरबड्सको एक प्रमुख फिचर हो ‘ग्यालेक्सी एआई इन्टरप्रिटर’, जसले आमने सामने कुराकानीका क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ । प्रयोगकर्ताले आफ्नै भाषामा बोल्दा इयरबड्सले तुरुन्तै अनुवादित उत्तर प्रदान गर्ने छ ।







