महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।

बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाडाैंकाे दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *