काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेर निस्किएको छ । राप्रपा सांसदहरू बैठक छाडेर निस्किएका छन् ।
यसैबीच आज पनि रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् ।







