काठमाडौं । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।
सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न पहिलो पटक अदालतले सात दिनको म्याद दिएको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।
यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।







