प्रभु बैंकको २ लाख ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ७८ हजार २०६ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार ५ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *