पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार १ गते) अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि सोमबार (असार २ गते) बुक क्लोज गर्न लागेको छ। त्यसैले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र हकप्रद सेयरको आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले १ः०.५ अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। यसका लागि सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सोअनुसार, कम्पनीले कूल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यस हकप्रद सेयर निष्कासनपछि पिपुल्स पावर लिमिटेडको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्कासन तथा बिक्रीको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *