११ वर्षीया बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

काठमाडौं।  बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–१० बैदी ६६ वर्षीय वृद्ध जमिल अहमद जागालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो।

बनखेतवा नालामा बाख्रा चराउन गएको बेला गत वैशाख १६ गते आर्थिक प्रलोभन देखाई ११ वर्षीया बालिकालाई जागाले जबरजस्ती करणी गरेको पीडितको आरोप छ। पीडितका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि प्रहरीले जागालाई नियन्त्रणमा लिएको हो।

जागालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरि इप्रका मोतिपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *