रवि लामिछाने रुपन्देही कारागारबाट डिल्लीबजार कारागारमा सरुवा हुने

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले काठमाडौँस्थित जेलमा आउने इच्छा व्यक्त गरेका छन्। सोहीअनुसार उनलाई डिल्लीबजार कारागार ल्याउन प्रक्रिया अगाडि बढाइएको छ।

पहिला रुपन्देहीमै बस्न चाहेका लामिछाने थुना अवधि लम्बिने भएपछि काठमाडौँ फर्कन चाहेको स्रोतले जानकारी दिएको छ।

काठमाडौँमा भेटघाटलगायतका विषयमा सहज हुने भएपछि उनी यहाँ आउन चाहेका हुन्।

अहिले सरूवाका लागि लामिछाने पक्षीय वकिलले रुपन्देही जिल्ला अदालतबाट अनुमति लिईसकेका छन्। केन्द्रीय कारागार विभागबाट अनुमति पाएलगत्तै उनी काठमाडौँ सरुवा हुनेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *