विकास हाइड्रोपावरको आईपीओमा कति पर्‍यो आवेदन ?

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १४ करोड २२ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (जेठ १८ गते) बिहान १०ः०६ बजेसम्म ६१ हजार ३९ जनाले १४ लाख २२ हजार ८३० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.०१३ गुणा बढी आवेदन हो ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ जेठ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ २० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *